World Updates
सुडान काण्डमा मुछिएका १२ को धरौटी पुनरावलोकन गर्न सर्वोच्चको निर्देशन
- More in the News
- 'घुस खाने अड्डा' माग्दै मन्त्रालयमा आक्रमण
- Over 100,000 to get citizenship
- NC, UML issue 7-day ultimatum to govt
- असई बनाइदिन्छु भन्दै १ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ
- संविधानसभाको म्याद आदेशविरुद्ध पुनरावलोकन गर्न प्रम र सभामुखको निवेदन
- दाहालद्वारा वैद्य र भट्टराईलाई छुट्टाछुट्टै भेटेर सहमतिमा आउन आग्रह
- 'ज्याला पूरै लियौ, अब संविधान देऊ'
- राजस्व उठाउन भन्सारमा रुद्री
27 Dec 2011, Kathmandu
काठमाडौँ, पुस ११- सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि सामग्री खरिद गर्दा भ्रष्टाचारमा मुछिएका ३६ जना आरोपीमध्ये १२ जनाको धरौटी पुनरावलोकन गर्न आज सर्वोच्च अदालतले निर्देशन दिएको छ। सो मुद्दामा आरोपीमध्ये पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाको हकमा रु १५ करोड धरौटी लिनेगरी यसअघि भएको आदेशलाई यथावत् राख्दै अन्यको हकमा भने पुनरावलोकन गर्न आदेश दिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २४ गते दायर गरेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले दिएको आदेशविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशद्वय ताहिरअली अन्सारी र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सो निर्देशन दिएको हो।
आदेशपछि पूर्वप्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङले रु दुई करोड, रमेशचन्द्र ठकुरीले रु सात करोड, प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछानेले रु २० लाख, पूर्व प्रहरी नायब निरीक्षक निरज पुनले रु ५ लाख धरौटी राख्नुपर्नेछ।
प्रहरी निरीक्षकहरु अर्जुनप्रसाद लामिछाने, गिरिधारी शर्मा, प्रहरी उपरीक्षक रामकृष्ण राजभण्डारी, प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डे, प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठ, अजितकुमारलाई जनही रु दुई लाखका दरले धरौटी राख्नुपर्ने भएको छ।
अदालतको सो आदेशपछि ठेकेदारका सहयोगीका रुपमा रहेका शम्भु भारतीलाई भने रु ८० लाख धरौटी बुझाउनुपर्ने भएको छ। रासस
साभार: Nagariknews.com
तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More
के तपाईं १६ वर्ष पुग्नु भयो ?
यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More











