Youth Initiative (Logo)

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Political Culture, Democracy and Society
Dhulikhel
Thursday, 17 May 2012 | 09:00 AM

View Points

स्वदेश र्फकदैछन् नेपाली युवाहरु

| More


- विदेशी शिक्षा, सीप, अनुभव र दक्षता लिएर प्रगाढ आशाका साथ स्वदेश फर्किएका नेपाली युवाहरुको प्रोफाइल निर्माण गर्ने सिलसिलामा संकलित विवरणहरुको आधारमा यो लेख तयार पारिएको छ । कठिन प्रयासका बाबजुद फर्किएका सबै युवाहरु समक्ष पुग्न नसकिए पनि प्राप्त विवरणहरुलाई प्रतिनीधि युवाहरुको रुपमा लिएर विवरणहरुको विश्लेषण गर्ने जमर्को गरिएको छ ।)

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएको सर्न्दर्भ आज बौद्धिक जगतको चासो र चिन्ताको विषय बनेको सबैलाई विधितै छ । धेरैले यस किसिमको बाहृयगमनलाई देशबाट गुणस्तरीय जनशक्तिको पलायनको रुपमा ब्याख्या गरेका छन् र यसरी शिक्षाका लागि भनी विदेशीने युवाहरुको गतिविधिलाई ँदेशको लागि अपुरणीय क्षति’ भएको रुपमा निष्कर्षनिकालेका छन् । तथापी, अहिले जुन गतिमा भूमण्डलीकरणले संसारलाई छोएको छ, त्यसले देशहरुबीचको दुरीलाई त्यत्तिकै मात्रामा न्यूनीकरण गर्दै लगेको छ । विदेशमा दीक्षित नेपाली युवाहरुको सीप र शिक्षालाई देशको क्षतिको रुपमा बुझ्नु भन्दा यस्तो शिक्षा, सीप, अनुभव र ज्ञानलाई देशको उपयोगमा कसरी ल्याउन सकिन्छ भन्ने चिन्तन निजी र सरकारी दुवै क्षेत्रले अवलम्बन गर्नु अपरिहार्य छ । विदेशी भूमीमा रहेका धेरै नेपालीहरु भावानात्मक रुपले सदैव नेपालसँगै गाँसिएका हुन्छन् र आफुले प्राप्त गरेको सीप र ज्ञानलाई देशका लागि उपयोगमा ल्याउने अवसरहरु खोजिरहेका हुन्छन् ।

नेपालीहरु विदेशीने प्रकृयासँग नेपाली राजनीतिको एउटा मात्र आशा देखिन्छ- विदेशीएका हरेक टाउकाहरुले कत्तिको व्रि्रेषण पठाउन सक्छन्- व्रि्रेषणको प्रभावकारी सदुपयोग नभइरहेको वहस नेपाली अर्थराजनीतिमा घनीभुत छलफलको सर्न्दर्भ बन्ने गर्दछ । तर त्यो एक पटक आउने निश्चित रकम भन्दा हजारौ गुणा प्रभावकारी हुन सक्ने विदेशबाट फर्किएका नेपालीसँगै प्राप्त हुने सीप, अनुभव र शिक्षाको उत्पादनशील उपयोग बाट राज्यले दर्ीघकालिन रुपमा प्राप्त गर्न सक्ने प्रतिफलबारे पटक्कै ध्यान पुग्न सकेको छैन । नेपाल भौगोलिक, प्राकृतिक र सांस्कृतिक हिसावले संसारका धेरै कम भाग्यमानी राष्ट्रहरुमध्येको एक हो । देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई दक्ष र इमान्दार जनशक्ति मार्फ अधिकतम उपयोगमा ल्याउन सकियो भने देशको विकास प्रकृयाले गुणोत्तर फड्को मार्न सक्छ ।  

विदेशमा अध्ययन पुरा गरेर फर्किएका नेपाली युवाहरुको संकलित विवरण अध्ययन गर्दा के पाइएको छ भने उनीहरु प्रायः १८/१९ बर्षो उमेरमा अध्ययनका लागि विदेश पुगेका र औषत ७ बर्षो विदेश बसाइका क्रममा अध्ययनका अलावा स्थानीय सामाजिक गतिविधिमा संलग्न भई स्वदेशमै अवसरहरु श्रृजना गर्ने उदेश्य लिएर देश फर्किएका छन् । यसरी र्फकने युवाहरुको औषत उमेर ३० बर्षभन्दा कमको रहेको छ । विदेशीनु परेको कारणका रुपमा सबै उत्तरदाताको एउटै जवाफ छ- गुणस्तरीय शिक्षा र सम्मुनत देशको जीवनशैली अनुभव । विदेशबाट प्राप्त निजी उपलब्धिका रुपमा सबैले अन्तर्रर्ााट्रय स्तरको श्ािक्षालाई मात्र जोड दिएका छैनन् बरु स्थानीय जीवनशैली र कामको अनुभवलाई झन् महत्वपर्ूण्ा रुपमा उल्लेख गरेका छन् । उनीहरु विदेशमा रहँदा अध्ययन, काम, स्वयंसेवा, सामाजिकीकरण र आफ्ना नीजि शोखका विषयहरु जस्तै यात्रा गर्ने जस्ता गतिविधिहरुमा संलग्न भएको पाइएको छ । उनीहरुले नेपालमा सुरु गरेका ब्यवसाय तथा उद्यमशीलता बढी मात्रामा नवीन प्रकृतिका छन् र ती हरेक उद्यमशीलताहरुले औषतमा २० जनालाई रोजगारीको अवसर श्रृजना गरेको छ । त्यस किसिमका उद्यमशीलताहरु विशेषतः निजी र गैह्र सरकारी संस्था दुवै किसिमका छन् । 

थोरैको संख्यामा नै किन नहोस्, विदेशबाट दिक्षित भएर स्वदेश फर्किएका नेपाली युवाहरुले नेपाली भूमीमा जे जस्ता कार्यहरु गर्दै आएका छन्- अनुकरणीय छ । यसरी फर्किएका नेपाली युवाहरु आफ्नो जीवन भविष्य विदेशकै भुमीमा समेत सफलसाथ विताउन सक्ने सामार्थ्य राख्दछन न की धेरैले बुझेको जस्तो विदेशमा सम्भावनाच्यूत भएर विकल्पहीन अवस्थामा स्वदेशीएका नेपालीहरु हुन् ।
विदेशबाट र्फकेपछि कञ्चन झाले मोफसलमा बसेर युवा सशक्तिकरणका माध्यमबाट युवाहरुलाई सुमार्गमा लाग्न अभ्रि्रेरित गर्न ँसानो पाइला’ नामको सामाजिक संस्था स्थापना गरेका छन् । संस्थाले लागू औषध दर्ुर्ब्यसनीमा लागेका युवाहरुलाई छुटकारा दिलाई सामान्य जीवनमा फर्काउन गरेको प्रयास प्रशंसनीय छ । यसरी नै, केसाङ्ग शर्ेपाले पर्ुखाको पर्यटन ब्यवशायमा नवीनता पस्केर ब्यवसायको आयतन बढाउने सुरुवात समेत विदेशको सीप, अनुभव र ज्ञानको उपयोगका माध्यमबाट गरेकी छिन् । यो अध्ययनको क्रममा यस प्रकारको उद्यमशील कार्यमा संलग्न धेरै नेपाली युवाहरु भेटिएका छन् जसले आफ्नो सीप र स्रोतहरुको उद्यमशीलताको उच्चतम् प्रयोग गरेका छन् ।

सबै उत्तरदाताहरु नेपालको राजनीतिक अवस्थामा प्रगति गर्न सके थप योगदान पु-याउन सकिने कुरामा बिश्वस्त पाइएका छन् । उपयुक्त वातावरण -राजनीतिक)को अभावका कारण काम गर्ने उर्जामा समय समयमा ठेस लाग्ने गरेका तितो अनुभव पनि उनीहरुसँग छ । उनीहरुको नेपाल बर्साईलाई सन्तुष्ट बनाउन इमान्दार नेतृत्वको साथमा राजनीतिक स्थायित्व, भौतिक पर्ूवाधार, सामाजिक सुरक्षा र विधिको शासन जस्ता आधारभुत अवस्थाको श्रृजना गर्न सके थ्ाप नेपाली युवाहरु विदेशी अनुभव र शिक्षा लिएर देश र्फकने वातावरण बन्न सक्छ । देशमा लामो समय देखि विद्यमान रहेको, समस्याको जरोको रुपमा सबैले ब्याख्या गर्दै आएको ँराजनीतिक अस्थिरता’ लाई चिर्न सके अझ धेरैको संख्यामा विदेशको भुमीमा रहेका नेपाली युवाहरु उत्साहका साथ स्वदेशमा अवसर खोज्न र अवसरहरु श्रृजना गर्न स्वदेशीने सम्भावना प्रचुर देखिन्छ । 
गैरआवासीय नेपाली युवाहरुलाई देशका लागि योगदान गर्ने वातावरण श्रृजना गर्ने आधार स्तम्भ राजनीतिक स्थिरता नै हो । तथापि, यो अध्ययनले के देखाएको छ भने विद्यमान अवस्थामा पनि स्वदेश फर्किएका गैरआवासीय नेपाली युवाहरुले ब्यक्तिगत तहमा नेपाली समाजका लागि यथेष्ट योगदान पर्ुयाईरहेका छन् । यदी हामीले उपयुक्त वातावरणको लागि राजनीतिक नेतृत्वको मुख ताकेर पर्खि रहृयांै भने हामीले बाँकी जीवन पर्खेरै विताउनु पर्ने हुनसक्छ । तर्सथ नेपालको शिक्षित युवा हुनुको नाताले पनि हामीले आफ्ना कामका लागि अरुको मुख ताक्ने प्रवृत्ती छोड्नु पर्छ । देश फर्किएका गैरआवासीय नेपाली युवाहरुले एक अर्काको पहलकदमीलाई मद्दत र पर््रवर्द्धन गर्न एक साझा थलो निर्माण गर्न सकियो भने वर्तमान नेपालका लागि त्यसले उर्जाको नयाँ तरङ्ग पैदा गर्दै उज्यालो नेपालको मार्ग प्रशस्त गर्न सक्छ ।

- बिमल पौडेल

Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More

Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab