Youth Initiative (Logo)

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Political Culture, Democracy and Society
Dhulikhel
Thursday, 17 May 2012 | 09:00 AM

View Points

म युवा छँदा

| More


म सम्पन्न परिवारमा जन्मेको मान्छे होइन । त्यसैले पनि होला मेरो युवा अवस्था संघर्षले भरिएको थियो । मेरो परिवार कृषिमा आधारित परिवार हो । किसानको छोरो हुनुको नाताले खेतीको काम गर्नु सामान्य नै थियो ।

म स्कूले उमेरमा बिहान उठ्न अल्छी गर्थेँ । "उड्ने चरा पकड्ने बेला पो हो यो त, अबेलासम्म सुत्ने हो" भनेर हजुरआमाले गाली गर्नुभएको सम्झना अहिले पनि झल्झली आउँछ ।

म १६ वर्ष पुग्नुअगावैको एउटा रमाइलो प्रसङ्ग छ । छिपिँदै गरेको चेतना भन्दा पनि छिपिँदै गरेको उमेरको यो अवस्थामा मैले एक दिन एउटी केटी साथीलाई माटाको डल्लाले हानेको बुवाले देख्नु भएछ । त्यसपछि बुवाले मलाई चारवटा कसम खुवाउनु भएको थियो । केटी जिस्काउन नपाउने, जुवातास खेल्न नपाउने, चोर्न र ढाँट्न नपाउने र चौथी खेल्न नपाउने । मैले सकेसम्म जीवनमा यी कसमहरुलाई तोड्ने प्रयत्न गरिन ।

म १६ वर्षपुग्दा नपुग्दै बुवा निकै बिरामी हुनुभयो र अनि मात्र सबै जिम्मेवारी मेरो काँधमा आयो । मेरो पढाइमा रोक लाग्यो । पढ्न नपाएपछि बिल्लिएर म घरबाट निस्केँ । पढ्न भनेर दार्जलिङ सुन्तला बोक्न निक्लेँ । मलाई पढ्न निकै मन थियो । त्यसैले दार्जलिङ्गको लागि निक्लने क्रममा धरानमा मैले पढ्ने अवसर पाएँ । धरानको चन्द्र शाङ्गदेव विद्यालय भर्ना भएँ र पढाईलाई निरन्तरता दिएँ । जे अनुशासन र विधिको पालना  गर्नु पर्ने हो त्यसकै अनुशरण गर्दै पढाइलाई अगाडि बढाएँ । मैले पढ्ने स्कूलमा आँपको बगैँचा थियो । सबभन्दा माथिको आँप जसले टिप्न सक्छ ऊ वहादुर कहलिन्थ्यो र ताली पाउँथ्यो । मैले पनि आफूलाई बहादुर कहलाउने होडमा हाँगा भाँचियो र ढाड पनि भाँचे । त्यो नै मेरो निम्ती अस्पतालको पहिलो प्रस्थान थियो । आज संझिदा ती दिनहरु आँङ नै जिरिंग भएर आउँछ ।

सँस्कृत विद्यालयमा छोरीमान्छे पढ्दैनथे । त्यसैले हाम्रालागि त्यो साथित्वको संधै अभाव हुन्थ्यो । देव विद्यालय नजिक बालिका विद्यालय थियो र त्यहाँ गएको थाहा पायो कसैले भने पिर्टाई खाईन्थ्यो । हामी बालिका विद्यालयको वरपर जानको निम्ति बजारमा किनमेल गर्ने बाहानामा बाहिर निक्लिन्थ्यौँ । नजिकको दन्तकाली मन्दिर जाँदा पनि अन्य बाटो हुँदै बालिका विद्यालय भएर नै जान्थ्यौँ । यसले त्यो उमेरको अनुरागलाई दर्शाउछ भन्ने लाग्छ । मसँग सहविद्यालय नहुँदा आफैमा चेपिएको एक खालको चेतना विकास भएको थियो । आफ्नो अध्ययन पुरा गरेरपछि दरबार हाइस्कूलको शिक्षक हुँदा पनि छोरीमान्छेसँग कसरी व्यवहार गर्ने भन्ने कठिनाई मैले भोगेँ । अचेलका पुस्ताले सायद त्यो असहजको अनुभव गर्नुपर्दैन ।

रमाइला र ठट्यौला कुरा छोडेर अब केही गंभीर कुरा तर्फ लागौं । तत्कालिन समयमा धरानमा दुई समूह थियो- गोबर र खरानी । कप्युनिष्टलाई गोबर र कांग्रेसलाई खरानी भन्ने शब्दावली प्रयोग गरिन्थ्यो त्यसबेला त्यहाँ । धरानमा म पञ्चायती शासन अवस्थाको बालकम्युनिष्ट थिएँ । पञ्चायती शासन विरुद्ध हुने आमहडतालमा प्रजिअलाई कुटियो भने ठूलो मान्छे भईन्छ भन्ने अपरिपक्क सोच मजस्ता त्यतिबेलाको युवामा थियो । म पनि आमहडतालमा सहभागी भएँ तर प्रजिअलाई कुट्न सकिन... हाहा... ।

धरानबाट काठमाडौं आएपछि म अग्रजहरुको साथमा काँग्रेसको संगतमा पुगेँ । त्यसपछि बीपी कोइरालाको बारेमा अध्ययन गर्न थालेँ जसले विस्तारै पञ्चायत विरुद्ध लड्न मलाई अभिप्रेरित गर्न थाल्यो ।

पञ्चायतकालिन समयमा नागरिक अड्डामा टेक्न पनि गार्हो अवस्था थियो । कोही व्यक्ति अञ्चलाधिशको कार्यालयमा गयो भने केही पाउँदैछ भन्ने शंका गरिन्थ्यो । तर मेरो नागरिकता बनाउनु पर्ने भो जसको निम्ति पनि म धेरै होसियारीका साथ डराईडराई नागरिक अड्डा पुगेको थिएँ । म २२ वर्षको हुँदासम्म नेविसंघको भूमिगत राजनीतिमा सक्रिय रुपमा लागि सकेको थिएँ । म पहिलो पटक २२ वर्षा विद्यार्थी आन्दोलनको क्रममा पक्राउ परेको थिएँ । त्यसबेला म २८  दिन समातिएको थिएँ ।

कुनै  दिन बहुदल आएपछि माथिल्लो तहको नागरिक भईन्छ भन्ने लाग्थ्यो मलाई त्यसबेला ।  आफ्नै नेतृत्वमा समृद्ध नेपाल निर्माणको प्रकृया अगाडि बढाउन सकिन्छ भन्ने मेरो युवा सोच थियो । तर बहुदल प्राप्ती पछि हिजोकै अनुहारहरु नै रथ हाँक्न आए जुनकुरा मैले कल्पनासम्म पनि गरेको थिइन । त्यस अर्थमा म त्यतिबेला आफूलाई लाटो, चोर, बुद्धिनभएको, पासो थाप्न नजानेको सोझो युवाको रुपमा लिन्थें ।

म २४ वर्षको उमेरमा "रेडियो नेपाल" मा प्रवेश गरेँ । रेडियो नेपाल मा प्रवेश गर्नुमा मेरा दुई उद्देश्यहरु थिए - घरव्यवहार चलाउने र केही काम गर्छु भनेर देखाउने । मैले रेडियो नेपालमा ३० वर्षकाम गरेँ । युवा अवस्था देखि नै साहित्यप्रति रुचि थियो । त्यसैले रेडियो नेपालमा 'साहित्य संसार' भन्ने कार्यक्रम चलाएँ । यो कार्यक्रम मार्फत मैले पहिलो पटक रेडियोमा झर्रो भाषाको प्रयोग शुरु गरेँ । गाउँको  बोली जस्ताको त्यस्तै टिप्नु र साहित्यिक रुपमा पस्कनु मेरो विशेषता थियो । नेपाली समाजको सस्कृति र हाम्रो मौलिक साहित्यको संरक्षणमा मैले विशेष भूमिका निर्वाह गरे जस्तो लाग्छ, आज संझना गर्दा । रेडियो मार्फत युवाअवस्था देखि नै नेपाली समाजका युवाहरुलाई सचेत गराउने काम गरेँ । त्यसैले मलाई आज गर्व लाग्छ । एउटा प्रोफेसरले गर्ने काम मैले  रेडियो मार्फत गरेँ ।

म सधैँ आफ्नो अभिमान प्रति सचेत थिएँ । त्यसैले प्रशासनमा जान नाम लेखेर पनि पछि गइन । मैले आफूलाई साहित्य र शिक्षण पेशामा समाहित गरेँ । मैले दरबार हाइस्कूलबाट शिक्षण पेशा शुरु गरेँ र आफ्नो युवा अवस्थाको जोस, जाँगर र सीपलाई विद्यार्थीको हितमा लगाएँ । साहित्यको क्षेत्रमा युवा अवस्थादेखि नै कलम चलाउँथेँ । विशेषगरी कविता र निबन्ध मेरो रुचिको विषय थियो । आजका दिनसम्म मैले ५ दर्जन कविता र ५-६ दर्जन निबन्धहरु लेखिसकेको छु । कविताको नाम लिंदा दुधकोशी, म काइँली कमिनी, नेपाल बोल्छ लिन चाहन्छु । त्यसैगरी दमिनीको दुध र दुध गुण बुद्धि, खै खै दाजै म अगि जान्छु, मझिनीटार र मितिनिहरु मैले लेखेका निबन्धहरु हुन् ।

हाम्रो समयमा मनोरञ्जनको श्रोत भारतीय सिनेमा र थोरै सङ्ख्यामा रहेका नेपाली सिनेमा नै हुन्थे । त्यतिबेला आजको जस्तो रंगशाला बनाएर खेल्ने चलन थिएन । फुटबलको आयोजना धरानमा हुन्थ्यो । डण्डी बियो, कपर्दी, तेल लगाएको बाँसमा चढ्ने जस्ता खेलमा बढी अभ्यस्त भइयो । आज घरमा मात्र सीमित हुँदा दिक्क भएर युवाहरु वनभोज जान्छन् तर हामीले घरभोज  नपाएर  धेरै समय बनमा वितायौं ।

आजका युवा ज्ञान-विज्ञानमा अगाडि छन् तर मौलिकतालाई भुल्न थालेका छन् । यो मेरो ठम्याई हो । युवा रिमिक्सको दुनियाँमा आफूलाई भुलाइरहेको छ । बैँसको उत्तेजनामा रिमिक्सको को स्वाद लेला तर रिमिक्समा गएर अक्कल बिनाको नक्कलले चाहिँ ऊ र्सुइसिठ्ठी  हुनेछ, मलाई यस्तो लाग्छ । तर्सथ आजको युवाले विज्ञानको साथै पुर्खार्को सस्कृतिलाई पनि अघि लानुपर्छ । अनि मात्र राष्ट्रको निम्ति युवा भरोसालायक हुनसक्छन् ।

- दाहाल यज्ञनिधी

Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More

Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab